आगामी निर्वाचनमा कांग्रेसले कसैसँग नमिलिकन एक्लै जित्ने तागत आर्जन गर्नुपर्छ:थापा

NewsBankNepal Banner Headline with Image , Latest Update , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं,१६ असाेज । नेपाली कांग्रेसका नेता गगन थापाले आगामी आमनिर्वाचनमा कसैसँग नमिलेर सबै कम्युनिस्ट पार्टीहरु एक भए पनि जित्ने तागत कांग्रेसले आर्जन गर्नुपर्ने बताएका छन् ।

शनिबार कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता थापाले भने,’हामी आफैँले एकल शक्तिको आधारमा काठमाडौं महागनरमा कांग्रेसको झण्डा गाड्ने हो । यो पटक कोहीसँग मिलेर होइन, एकल शक्तिका आधारमा पाँच वर्ष देश चलाउने जिम्मा कांग्रेसले लिने हो ।’

‘कांग्रेस अर्काले पस्केको खाने जात होइन,थापाले भने पार्टी नेतृत्व अब संगठन निर्माणमा लाग्नुपर्छ । नेता थापाले यो महाविधेशनले कांग्रेसमा शुद्धीकरण र संगठन सुदृढीकरण गर्नुपर्ने खाँचो रहेको समेत बताए । यसैगरी चलेको कांग्रेसले जनतालाई भरोसा दिलाउन नसक्ने थापाकाे भनाइ थियाे ।