काठमाडाैं,१७ असाेज । नेपाली कांग्रेस गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन्। पार्टीको आसन्न १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उहाँले १०९ मत प्राप्त गरी विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत पाएका छन् । यसैगरी उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२० र विकास श्रेष्ठ ११५ मत प्राप्त गरी निर्वाचित भएका छन्। सचिवद्वयमा जयराम विष्ट र रमेश रिजाल निर्वाचित भएका छन्।
सहसचिवद्वयमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भए। कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेसका विधानमा रहेको पूर्वनगर सभापति श्रीकृष्ण ज्योतिले जानकारी दिए । यसैगरी नगर कार्यसमितिका अधिकांश सदस्य पनि लामा समूहबाटै निर्वाचित भएका छन् ।
यसैगरी शङ्खरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठले ८६ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत पाएका छन् । उपसभापतिद्वयमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन् । सचिवद्वयमा रत्नबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ निर्वाचित भएका छन् । सहसचिवद्वयमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भए । नगर अधिवेशनमा भएको लोकतान्त्रिक अभ्यासले पार्टीको आन्तरिक एकता सुदृढ गर्न सहयोग गर्ने विश्वास लिइएको छ ।
यस्तै कागेश्वरी–मनहरामा दाहाल काङ्ग्रेस कागेश्वरी–मनहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल विजयी भएका छन्। आज बिहान सम्पन्न मतगणनाअनुसार उनले १५१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी मीठाराम दाहालले १३८ मत प्राप्त गरेकाे निर्वाचन समितिले जनाएको छ ।

