निर्बाचन नजिकिए सँगै एनआरएनमा राजनैतिक हस्तक्षेपले हलचल, परम्परागत निरतन्तरता मात्रै भएको अभियन्ताहरुको जिकिर ।

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , Politics/राजनीति , न्युज बैंक बिषेश , प्रवास , ४ वर्ष अगाडि

काठमाण्डौ १७ असोज, गैरआवासिय नेपाली सँघको २० अक्टोबरमा हुने निर्बाचनलाई प्रतक्ष असरपर्ने गरी नेपाली काँग्रेसको आन्तरीक सर्कुलर बाहिर पछी अहिले एनआरएनमा नयाँ ट्वीष्ट आएको छ । काँग्रेसले बिदेशस्थित आफ्नो भातृसँगठन जनसँम्पर्क समितीहरुलाई कुल आचार्यको टिमलाई जिताउन सर्कुलर जारी गरेपछी पक्ष बिपक्षमा बिबिध प्रतिक्रियाहरु आईरहेका छन ।


काँग्रेसको सर्कुलरको प्रतिलिपी सहित पुर्ब उपाध्यक्ष एबँ सल्लाहकार टिबी कार्कीले लेखेका छन “दुःखद, हामी एनआरएनलाई मायाँ गर्नेहरुका निम्ती यस्तो दिन देख्नु अझ अकल्पनिय ।”


कार्कीको स्ट्याटसमा पत्रकार रामजी बगाले लेख्छन “एनआरएनएमा अहिले मात्रै देख्नुभयो कि राजनिति ? राजनिति सबै निर्बाचनमा भईरहेको देख्छु मैले त नेपालीको सँस्था भएपछी राजनिति भन्दा टाढा रहन सक्दैन कि ? अहिलेको नेतृत्वलाई जिताउन पनि अघिल्लो पटक एमाले स्थायी कमिटिका सदस्य एवं संसदीय दलका उपनेता शुभाष नेम्वाङ्गको संयोजकत्वमा तिन सदस्यिय समिति बनेकै थियो ? आफुलाई समर्थन गर्दा राजनिति नहुने अरुलाई समर्थन गर्दा राजनितिको हल््ला गर्ने परम्पराको अन्त्य गरौ कि ?आधिकारिकताको लागी सबैले कोशिस गरेको प्रस्ट देखिएको थियो ।”


उता पत्रकार भुपराज बस्यालले लेखेका छन “श्रोतका अनुसार नेपाली काँग्रेसले कुल आचार्य टीमको जितको सुनिश्चितता खोजेको छ त्यो नभए सम्म निर्बाचन रोक्ने सम्मको निर्णयमा पुगेको छ । पररास्ट्र मन्त्रालयलाई प्रयोग गर्ने र बिधानको अपब्याख्या गर्दै ६५ प्रतिशत प्रतिनिधि छान्ने अधिकार नव निर्वाचित एनसिसीलाई दिने गरीको रणनीतिमा काँग्रेस पुगेको बुझिन्छ । पररास्ट्र मन्त्री नेपाल फर्किए पछि भोलि र पर्सि सम्ममा पररास्ट्रको ठाडो निर्देशन सहितको पत्र एनआरएन आईसिसीलाई आउने श्रोतको भनाई छ । यसले एनआरएनको भविष्यमा थप संकट थपिनेछ भने संस्थापन पक्ष र सरकार बीच टकराव बढ्नेछ ।”


कतारमा एनआरएनका अभियन्ता एबँ समाजसेबी नरेन्द्रभाटले आफ्नो अनुभब यसरी शेयर गर्नु भएको छ “सन् २००९ को निर्बाचनबाट कतारको अध्यक्ष चुनिए सँगै २०११-१३ मध्यपुर्ब सँयोजक, २०१३-१५, २०१५-१७, २०१९-२१ कार्यकालका लागी आईसिसी उपाध्यक्ष पदको चुनाब लडेकोकुरा यो अभियानमा लागेका अग्रज सहकर्मी साथिहरुलाई स्पस्टनै छ । यो बिचमा जे जति चुनाब भए सबैमा प्रत्येक पार्टीले प्रतक्ष वा अप्रतक्षरुपमा पार्टीकै निर्देशनमा आफ्ना उम्मेदवारहरुलाई चुनाबमा अगाडी सारेको कुरामा म आफै प्रतक्षदर्शी छु र यो कुरा कसैबाट पनि लुकेको छैन । यो पटक नेपाली काँग्रेस पार्टी कार्यालयबाट प्रजातान्त्रीक बिचार भएकाको समुहलाई सहयोग गर्ने भन्ने आसयको पत्रलाई अतिरँन्जित तरिकाले प्रस्तुत गर्ने कार्यमा कुनै तुक छैन, इतिहाँस साक्षी छ ।”

जे जस्तो भएपनि समग्र एनआरएन बिदेशमा रहेका नेपालीहरुको आस्थाको धरोहर हो । सँस्थापक अध्यक्ष उपेन्द्र महतोले पनि एनआरएनमा नेतृत्वलिन आउँदा राजनैतिक दलको जुत्ता खोलेर आउन पटक पटक भनिरहेकै छन । तर उपेन्द्र महतो पछीका हरेक कार्यकालमा राजनैतिक हस्तक्षेप बिनाको निर्बाचन भएको पाईदैन । स्वतन्त्र र सामाजिक भनिएका कुनैपनि सँस्था चाहे त्यो एनआरएन होस वा पत्रकार महासँघ सबै दलिय आडमा र पार्टीका नेताले छानेका मान्छेनै प्रत्यासि भैरहेको तितो सत्यलाई नकार्न सकिँदैन ।
अध्यक्षका अन्य प्रत्यासि बद्री केसी तथा रबिना थापाका लागी भोली एमाले वा अन्य दलले आफ्ना भातृसँस्थाहरुमा यस्तै पत्राचार गरेमा अन्यथा मान्नु पर्दैन ।