बालुवाटार जग्गा प्रकरण: पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाडौं। ललिता निवास जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईको विषयमा आज सर्वोच्च अदालतले सुनुवाई गर्ने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासमा उक्त मुद्दाको सुनुवाई हुनेछ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दुवै पूर्वप्रधानमन्त्रीलाई पनि मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा मुद्दा हालेका थिए । सोही प्रकरणमा पूर्वमन्त्री विजयकुमार गच्छदार, विष्णु पौडेल लगायत थुप्रै व्यक्ति विरुद्ध मुद्धा दायर भएको थियो ।