सडकमा गाडी तेर्साएर यातायात व्यवसायीले गरे आन्दोलन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ३ वर्ष अगाडि

काठमाडौं । दशैंको मुखैमा आएर सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलित भएका छन् । सार्वजनिक यातायात केन्द्रीय महासंघको आह्वानमा काठमाडौं उपत्यकाभित्र र छोटो दूरीमा चल्ने सवारीको सेवा बन्द गरिएको छ।सार्वजनिक सवारी सडकको किनारमा रोकेर सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बृद्धि अनुपातमा सार्वजनिक सवारीको भाडा नबढाइएको भन्दै व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् ।सार्वजनिक यातायातको यसै महिना देखि सरकारले २८ प्रतिशत भाडा बृद्धि गरेको थियो । व्यवसायीहरुले काठमाडौंमा चल्ने अधिकांश सार्वजनिक यातायातका साधनले सेवा बन्द गरेका छन् ।

सडकमा सार्वजनिक सवारी पातलो मात्रामा चल्दा यात्रुहरु कोचिएर यात्रा गर्न बाध्य भएका छन् । प्रदशे सरकारले भाडा बढाउन चासो नदिए अब चोक(चोकमा सवारी तेस्र्याएर आन्दोलन गरिने महासंघले चेतावनी दिएको छ ।यातायात व्यवसायीले संघीय सरकारले बढाएकै दरमा स्थानीय तह र प्रदेशमा चल्ने सवारीको भाडा समायोजन गर्न माग गर्दै आएका छन् ।पुरानै दरमा भाडा उठाइरहनुपर्दा सवारीको सञ्चालन खर्च नउठ्ने अवस्था आएको महासंघले बताएको छ ।