श्री एयरलाइन्सको विमान रनवेमा चिप्लियो

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा चिप्लिएको छ । मंगलबार विहान ९ एएनएफ कलसाइनको जहाजको बायाँ टायर आन्तरिक टर्मिनलको पार्किङमा चिप्लिएर घाँसे मैदानमा पुगेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ।

जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै अचानक घाँसे मैदानतिर चिप्लिएको हो । पाङ्ग्रा भने ट्याक्सिवेबाट बाहिर गएको छ । करिब ८० जना यात्रु लिएर नेपालगन्ज जान लागेको जहाज उड्नुअघि नै ट्याक्सी वे छाडेर बाहिर गएपछि सबैलाई निकालिएको थियो । जहाजमा कुनै क्षति भएको छैन ।जहाज धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेकाे छ ।