काभ्रे । सन नेपाललाइफ इन्स्योरेन्स कम्पनीले कोरोना संक्रमणका कारण निधन भएका शिवप्रसाद बजगाईकी श्रीमती पार्वती भट्टराईलाई बीमा रकम उपलब्ध गराएको छ ।
बनेपा शाखाका शाखा प्रबन्धक कल्याण कार्कीले मंगलबार घरमै गएर मृतककी श्रीमती भट्टराईलाई दावी गरिएकोे रकम रु २,८२,२५० को चेक हस्तान्तरण गरेका हुन् । सो अवसरमा बनेपा शाखाका कर्मचारी समिर अधिकारीसहित बीमीतका आफन्तजनहरुको उपस्थिति रहेको थियो।
स्व बजगाईले बार्षिक रु १७,५३२ को दरले ३ बर्षको जम्मा रु ५२,५९६ भुक्तानी गरेको सो कम्पनीले जनाएको छ । बजगाईको गत जेठ २० गते कोरोनाबाट निधन भएको थियो ।

