झाँक्रीलाई स्वास्थ किसानलाई श्रममन्त्री बनाउने नेकपा एसको निर्णय, जसपाले अझै मन्त्री छान्न सकेन

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाण्डौ २२ असोज । सत्ता गठबन्धनमा भागबण्डाको किचलो किनारा लागेसँगै नेकपा (एकीकृत समाजवादी)ले आफ्नो तर्फबाट सरकारमा सहभागी हुनेहरुको नामपनि टुंगो लगाएको छ । आज बिहानै बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले मन्त्री हुनेको नाम र मन्त्रालयको टुंगो लगाएको एक नेताले बताएका छन ।
न्यूजबैकलाई प्राप्त जानकारी अनुसार एकीकृत समाजवादीले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । सँम्भबत प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने सँम्भाबना छ

। तर आकाँक्षी धेरै भएपछि जनता समाजबादी पार्टीले अझै मन्त्री छान्न सकेको छैन । जसपाले मन्त्री छान्न नसकेका कारण आजपनि मन्त्री परिषदले पुर्णता पाउनेमा भने सँका छ ।
२९ असारमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए । तिन महिनामा पनि सरकारलाई पुर्णता दिन नसकेको भन्दै प्रधानमन्त्रीको चौतर्फी आलोचना हुँदै आएको छ ।