मन्त्रिमण्डल बिस्तारको तयारी,को-को बन्दै छन् मन्त्री ?

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं,२२ असाेज । दलीय भागबण्डा अनुसार सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रीकाे नाम टुंगाे लगाएका छन् ।

जसअनुसार नेपाली कांग्रेसले पनि सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ । कांग्रेसबाट डा. मिनेन्द्र रिजाल रक्षा,दिलेन्द्रप्रसाद बडु कानून,उमा रेग्मी महिला र उमाकान्त चौधरी खानेपानी मन्त्री बन्दैछन् ।कानूनमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचारमन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

यस्तै, नेकपा (माओवादी केन्द्र)बाट देवेन्द्र पौडेलले विज्ञान, शिक्षा तथा प्रविधि मन्त्रालय, शशी श्रेष्ठले भूमि व्यवस्था तथा महेश गहतराजले युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने भएका छन् 

यस्तै एकीकृत समाजवादीले विरोध खतिवडालाई स्वास्थ्य तथा जनसंख्या मन्त्री बनाउने भएको छ ।समाजवादीबाट खतिवडासँगै रामकुमारी झाँक्री, प्रेम आले र कृष्णकुमार श्रेष्ठ किसान मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्दैछन् ।आकांक्षीहरुसँग छलफल गरेपछि तीन जनाको मन्त्रालय हेरफेर भएको भएकाे छ ।

यस्तै जनता समाजवादी पार्टी (जसपा)ले चार मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाएको छ । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणु यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएका हुन् । राजेन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन, रेणूले भौतिक पूर्वाधार तथा यातायात, रामसहायले वन तथा वातावरण र प्रमोदले कृषि तथा पशुपंक्षी मन्त्रालय पाउनेछन् ।

कांग्रेसबाट

डा. मिनेन्द्र रिजाल: रक्षा

दिलेन्द्रप्रसाद बडु: कानून

उमा रेग्मी: महिला

उमाकान्त चौधरी: खानेपानी

माओवादीबाट

देवेन्द्र पौडेल : शिक्षा
शशि श्रेष्ठ : भूमि व्यवस्था
महेश्वर गहतराज : युवा तथा खेलकुद
बोधमाया यादव : राज्यमन्त्री


नेकपा एस

विरोध खतिवडा : स्वास्थ्य
रामकुमारी झाँक्री : पर्यटन
प्रेम आले : सहरी विकास
कृष्णकुमार श्रेष्ठ (किसान) : श्रम
भवानी खापुङ : राज्यमन्त्री

जसपा

राजेन्द्र श्रेष्ठ
रामसहायप्रसाद यादव
रेणु यादव
प्रमोद साह