बारामा गएराति भएकाे सवारी साधन दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ। भने अन्य तीनजना घाइते भएका छन्।
शुक्रबार राति जितपुर सिमरा उपमहानगरपालिका–२३ भोलहीमा ट्यांकरको ठक्करबाट कारमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीकाे अनुसार ठक्करबाट गम्भीर घाइते भएका कार चालक भारतीय नागरिक ३४ वर्षीय राजन सर्राफको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो भने दुई जनाको वीरगञ्जस्थित वयोधा अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको हो।
२५ वर्षीय सरज प्रसाद र २७ वर्षीय कृत सिंहको सनाखत भएको छ। पथलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बरको कारलाई ठक्कर दिएको हाे।

