काठमाडौंको सिनामंगलबाट प्रहरीले ११ जना अफगानी नागरिकहरुलाई पक्राउ गरेकाे छ ।
प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले सिनामंगलस्थित एक घरबाट उनीहरूलाई सोमबार बिहान नियन्त्रणमा लिएकाे हाे ।उनीहरुलाई अध्यागमन विभागलाई बुझाउने तयारी भएको ब्युरोले जनाएको छ ।
सुनौली नाकाबाट गैरकानुनी रूपमा नेपाल भित्रिएर काठमाडौं आइपुगेका उनीहरु सिनामंगलस्थित एक घरमा बसेका थिए । तेस्रो देशका नागरिकमाथि निगरानी बढाउन गृहमन्त्रालयले सबै सीमानाकामा सुरक्षा जाँचलाई कडा पारेको छ ।

