अमेरिकी सरकारले अनुदानमा दिएकाे १ लाख फाइजर खाेप काठमाडाैं आइपुग्याे

NewsBankNepal Latest Update , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । अमेरिकी सरकारले अनुदानमा दिएकाे १ लाख ६२० मात्रा फाइजर खोप काठमाडौँ आइपुगेको छ ।

काठमाडाैंस्थित अमेरिकी दूतावासले खोप सोमबार बिहान कतार एअरवेजको विमानमार्फत् नेपाल आइपुगेको जानकारी दिएको हो।उक्त खाेप अमेरिकाले नेपाललाई अनुदानस्वरुप उपलब्ध गराएकाे हाे । यो खोपलाई माइनस ७० डिग्री सेल्सियस तापक्रममा भण्डारण गरेर राख्नुपर्दछ।

एक महिनाको अवधिमा दुई डोज लगाउनुपर्ने फाइजर खोप १२ वर्षमाथिका दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । फाइजर खोप अहिले थोरै मात्रामा आएकाले दीर्घ रोगीलाई लगाइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले बताएका छन् ।

आगामी पुसमा थप ६० लाख डोज फाइजर खोप ल्याउने र त्यो खोप बालबालिकालाई लगाउने सरकारको योजना छ । यसअघि गत असारमा अमेरिकाले जन्सन एण्ड जन्सनको १५ लाख तीन हजार मात्रा खोप अनुदानमा नेपाललाई उपलब्ध गराएको थियो ।