कसैले मागेको भरमा राजीनामा दिन्न:प्रधानन्यायाधीश राणा

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कसैले मागेको भरमा राजीनामा नदिने बताएका छन् ।आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको भन्दै सक्छौ भने महाअभियोग लगाऊँ भन्ने संकेत गरे ।

सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार उनलाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । सडकमा कसैले मागेको भरमा राजीनामा दिन्न, ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, जबराको भनाई थियो ।

आफ्नो राजीनामा माग्ने न्यायाधीशहरुलाई प्रधानन्यायाधीश जबराले पनि राजीनामा मागेका हुन् ।