आज अग्नी परिक्षामा होमिदै मुख्यमन्त्री शाक्य

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , ४ वर्ष अगाडि

काठमाडौं १० कार्तिक । वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य बिश्वासको मत लिनकालागी आज अग्नी परिक्षामा होमिदैछिन । १०९ सदस्यीय प्रदेशसभामामा बहुमत प्राप्त गर्न ५५ सांसदको समर्थन चाहिन्छ तर आफ्नो पक्षमा ४३ जना मात्र सांसद छन भन्ने थाहा हँुदाहुँदै आज मुख्यमन्त्री शाक्यले बिश्वासको मतको अग्नी परिक्षामा हामिन लागेकी हुन ।
प्रदेशसभा सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत सम्बन्धी प्रस्तावमा हुने टेबुल हुने भएको छ ।
कात्र्तिक ४ गते मुख्यमन्त्री शाक्यले विश्वासको मतका लागि पेस गरेको प्रस्ताव प्रदेशसभामा टेबुल भएको थियो ।
विपक्षी गठबन्धनतर्फ भने माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जनता समाजवादी पार्र्टीका १ गरी ५९ सांसद छन ।
विपक्षी गठबन्धनले नेकपा एकीकृत समाजवादीको संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्रीका रूपमा यसअघिनै प्रस्ताब गरिसकेको छ ।