हेटाैंडा । नेकपा (एकीकृत समाजवादी) वाग्मती प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेले प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा आज शपथ ग्रहण गर्ने भएका छन् ।
वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएसँगै प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका थिए ।
प्रदेश प्रमुखको आह्वानसँगै गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपा (एस)का गरी कुल ५९ सांसद हस्ताक्षरसहित पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह गर्दै पत्र बुझाइसकेका छन् । सत्तारुढ एमालेले भने सरकार गठनका लागि दाबी नगर्ने भएको छ । जसका कारण पाण्डेको सत्तारोहण सहज हुने देखिएको छ ।

