नेपाल आयल निगमले बढायाे इन्धनको मूल्य(कुनमा कति बढ्याे?)

NewsBankNepal Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूल्य बढाएको हाे ।

निगमले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा साबिकको बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरेकाे छ । नयाँ मूल्य अनुसार पेट्राेलकाे प्रतिलिटर  १३३ रुपैयाँ कायम भएकाे छ । डिजेल/मट्टतिेलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ ।

एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु. ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने निर्णय निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

निगमले १ सेप्टेम्बर, १६ सेप्टेम्बर र १ अक्टोबर २०२१ मा ईण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य वृद्धि भई आउँदा निगमले मूल्य समायोजन गरेको थिएन ।पछिल्लो पटक इन्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिव रू. २ अर्ब २२ करोड घाटा हुने अवस्था रहेको निगमले जानकारी दिएको छ ।

 निगमको घाटा कम गर्न आगामी दिनहरुमा पनि मूल्य बृद्धि गर्नुपर्ने बाध्यतामा निगम रहेको विज्ञप्तिमा उल्लेख छ ।