माल्दिभ्सले दिएकाे दुई लाख ‘एस्ट्राजेनेका’ खोप काठमाडौं आइपुग्दै

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडौं । माल्दिभ्स सरकारले दिएको दुई लाख १६ सय एस्ट्राजेनेका खोप नेपाल आइपुग्दैछ ।

कतार एयरवेजको नियमित उडानबाट आज बेलुका ८ बजे उक्त खोप काठमाडौं खोप आईपुग्ने स्वास्थ्य सेवा विभाग खोप आापूर्ति व्यवस्थापन महाशाखा प्रमुख उपेन्द्र ढुङ्गानाले बताए ।

माल्दिभ्स कुनै खोप उत्पादक देश होइन, उसले आफ्ना नागरिलाई लगाएर बचेको खोप नेपाल सरकारलाई पठाएको हो । त्यसो त यसअघि पनि सार्क मुलुकका सदस्य राष्ट्र भुटानले समेत नेपाललाई खोप उपलब्ध गराइसकेको छ । सबै भन्दा पहिले भारतले नेपाललाई खोप उपलब्ध गराएको थियो ।

अहिले चीन,अमेरिका,भारत,भुटान,जापान लगायतका देशबाट कोरोना विरुद्धको खोपहरु धमाधम भित्रिरहेका छन् । मंसिर मसान्तसम्ममा योग्य सबैलाई खोप लगाइसक्ने लक्ष्य सरकारले लिएको छ । करिब ३ करोड जनाता रहेको नेपाललमा करिब एक करोडले खोप लगाएको अनुमान छ ।