काठमाडौंबाट घर जाने यात्रुहरुलाई विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप लगाइँदै

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुहरुलाई लक्षित गर्दै आजदेखि उपत्यका विभिन्न स्थानमा कोरोनाविरुद्धको खोप लगाउन थालेकाे छ ।काठमान्डौबाट बाहिरिने मुख्य नाका कोटेश्वर चोक, गोंगबुस्थित नयाँबसपार्क, बल्खु चोक र कलंकी चोकमा यात्रुहरुलाई खोप दिन सुरु गरिएको हाे ।

बिहान साढे ७ बजेदेखि सुरू भएकाे खाेप कार्यक्रम अपरान्ह ४ बजेसम्म सन्चालन हुनेछ ।खोपको यो कार्यक्रम आज र भोलि दुई दिन चल्ने स्वास्थ्य मन्त्रालयको खोप शाखाले जनाएको छ । खोप लगाउनका लागि यात्रुहरुले उमेर खुल्ने परिचय पत्र देखाउनुपर्ने छ । पुस मसान्तभित्र याेग्य सबै नागरिकलाइ खाेप लगाइसक्ने सरकारकाे लक्ष्य रहेकाे छ । त्यसपछि बालबालिकाहरूकाे लागि खाेप सुरू गर्ने सरकारले जनाएकाे छ ।