बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ४ वर्ष अगाडि

हेटाैंडा । बागमती प्रदेश सभामा सोमबार भएको मतदानमा पाण्डेले विश्वासको मत पाएका हुन् । विश्वासको मतको पक्षमा ५९ मत, विपक्षमा ४३ मत र २ सांसद तटस्थ रहे ।

गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले पक्षमा मतदान गरे भने प्रमुख विपक्षी नेकपा एमाले र विवेकशील साझा पार्टीले विपक्षमा मतदान गरेका छन् । नेमकिपा तटस्थ रह्यो ।प्रदेश सभामा हाल कायम सदस्य संख्या १०९ रहेकोमा १०४ जनाको उपस्थिति थियो ।

विश्वासको मत माग्दै प्रदेश सभामा सम्बोधन गर्नुभएका मुख्यमन्त्री पाण्डेले आफ्नो सरकारले आर्थिक अनुशासन कायम गर्ने, फजुल खर्च घटाउने र जायज खर्च मात्रै गर्ने प्रतिबद्धता व्यक्त गरे।