फ्याफुल्ला खानेपानीले उठायो धौसि भैलो बाट १ लाख ९४ हजार ।

Maheshwor Nepal Business/अर्थ ब्यापार , Entertainment/मनोरञ्जन , News/समाचार , Others/अन्य , Uncategorised , प्रदेश , ४ वर्ष अगाडि

महेश्वर नेपाल। काभ्रे
काभ्रेको मण्डन देउपुर १० मा रहेको फ्याफुल्ला खानेपानी तथा सरसाफाइ उप भोक्ता समितिले दिपावलिको अवसरमा धौसि भैलो कार्यक्रम आयोजना गरेको छ । खानेपानी आयोजनाको मर्मत सम्भार कार्यकोलागि आर्थिक सहयोग सन्कलनको लागि धौसि भैलो सहितको सास्कृतिक कार्यक्रम आयोजना गरिएको फ्याफुल्ला खानेपानी तथा सरसफाइ उपभोक्त्ता समितिका अध्यक्ष कुमार मोक्तानले जानकारी दिनु भयो । कलाकारहरु हेमा रानामगर, प्रमिला थापामगर, मोहन बिश्वकर्मा, जय बहादुर वाइवा, चर्चित वाइवा र पासाङ लामाले प्रस्तुति दिनु भएको थियो ।

धौसि भैलो कार्यक्रममा करिब १ लाख ९४ हजार रुपैयाँ सन्कलन भएको समितिका अध्यक्ष कुमार मोक्तानले जानकारी दिनु भयो ।

२ सय ५३ घरधुरि रहेको उक्त स्थानमा खानेपानीको चरम अभाव भएपछि कारितास नेपाल, फनबोर्ड , शान्ति जनाअदर्श सेवा केन्द्र लगायतका बिभिन्न ७ वटा सघ सस्थाहरुको १ करोड २२ लाख र स्थानिय जन श्रमदानमा आयोजना सम्पन्न भएको थियो । २ सय ५३ घरधुरिको जनश्रमदान २ महिना भन्दा बढि चलेको थियो । ‘भुकम्प पश्चात् पानीको अभावले धेरै मानिसहरु बिस्थापित भएर जानु भयो अहिले पिउने पानीको समस्या अन्त्य भएको र लिफ्टिङ मार्फत पानी तान्दा अलिक खर्चिलो हुने भएकाले त्यसको मर्मत सम्भारको लागि कोष बनाएर राख्न लागिएको अध्यक्ष कुमार मोक्तानले जानकारी दिनु भयो । मण्डनको माथिल्लो भेगमा खानेपानीको समस्या अत्याधिक थियो दुध बेचेर पानी किन्नु पर्ने अवस्थाको अन्त्य भएको स्थानिय बालकृष्ण श्रेष्ठ्ले बताउनु भयो ।