भागवण्डा मिलाउन तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख फेरिए

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ४ वर्ष अगाडि

काठमाडाैं । सरकारले सत्ता साझेदार दलबीच भागबण्डा मिलाउज तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो।

प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) का नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन्। प्रदेश २ का प्रदेश प्रमुख भइसकेका परियारलाई कर्णालीमा पहिले जिम्मेवारी दिइएको हो। परियार नेकपा माओवादी केन्द्रनिकट हुन्।

यस्तै, सुदूरपश्चिममा कांग्रेस नेता तथा पूर्वसभासद प्रदेश प्रमुख भएका छन्। कांग्रेस बाजुराका पूर्वसभापति जोशी कांग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन्।

कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएर आफ्ना निकटलाई नियुक्त गरेपछि सरकार परिबर्तन भएसँगै प्रदेश प्रमुखलाई हटाउने प्रथा शुरु भएको हो।

यसअघि पनि देउवा सरकारले दलीय भागबण्डका आधारमा प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनी प्रदेश प्रमुख पनि फेरेको थियो।