सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढायाे

NewsBankNepal Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , ४ वर्ष अगाडि

काठमाडाैं । सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । 

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हाे । अब पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ ।

यस्तैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ कायम गरिएको छ । निगमले गत कात्तिक १२ गते पनि तेलमा प्रतिलिटर ३ रुपैयाँ ग्यासमा प्रतिसिलिन्डर ५० रुपैयाँले वृद्धि गरेको थियो ।

यस्तै, आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको छ ।त्यसैगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य अब प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।