नेपालबन्दले सर्बसाधारणलाई सास्ती ठुलाबडालाई मस्ती, काठमाण्डौमा सामान्य प्रभाब (फोटो फिचर)

Dipak Pudasaini Banner Headline with Image , Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ३ वर्ष अगाडि

काठमाण्डौ, ३० कार्तिक । आज आह्वान गरिएको नेपालबन्दको असर आफ्नो निजि सवारी साधन नहुनेलाई मात्रै परेको देखिन्छ । केहि सार्बजनिक यातायात निर्बाध चलेको भएपनि अधिकाँस चलेका छैनन । भाडाका ट्याक्सी, निजि तथा सरकारी गाडीहरु र मोटरसाइकल निर्बाध चलेका छन । चोकहरुमा पनि कतै जुलुस वा अबरोध छैन । पहिलेको तुलनामा आजको बन्दमा सुरक्षाकर्मीको उपस्थिती समेत पातलो छ । आजको बन्दले सर्बसाधारणलाई गन्तब्यमा पुग्न भने कठिनाई भएको छ । बिशेष गरी बिदेशबाट फर्किएकाहरु बन्दको नाममा बढी ठगिएको पनि देखिएको छ । एयरपोर्ट बाहिरबाट ट्याक्सीहरुले ४ गुना भन्दा बढी भाडा असुलेका छन ।
पछिल्लो पटक सरकारले डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर ७५ रुपैयाँ वृद्धि गरेको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।
यस प्रकारको अस्वभाबिक मुल्यबृद्घि गरेपछी बिप्लब माओबादीले बिरोधका बिभिन्न कार्यक्रम गर्दै आइरहेको छ । त्यहि क्रममा आज बन्द आह्वान गरेको थियो ।


(हेर्नुहोस आज २ बजेको समयमा चाबहिल चोकको अबस्था)