काठमाण्डौ, ३० कार्तिक । नेपाल राष्टबैकले पछिल्ला दिनहरुमा लगातार रेमिट्यान्स घटेको तथ्याङ्क सार्बजनिक गरेको छ । सोहि तथ्याङ्कको पछिल्लो पुच्छारमा लेख्छ बैदेशिक रोजगारीमा जाने नेपाली बढे । अनि सरकार यती अनुगमन पनि गर्दैनकी बैदेशिक रोजगारीमा जाने कामदार सँग म्यानपावर कम्पनीहरुको कति रकम असुलिरहेका छन ?
हो बैदेशिक रोजगारीमा जाने कामदार बढेसँगै देशको रेमिट्यान्स अबश्यनै घट्छ किनकी त्यो रेमिट्यान्स नेपालमा अबैध हुण्डि मार्फत भित्रन्छ ।
कामदारको कोटा आफ्नो म्यानपावरमा झार्नकालागी बिदेश स्थित तिनका एजेन्टहरुले रोजगारदाता कम्पनीका म्यानेजर तथा ह्युमन रिसोर्स मेनेजरलाई कमिसन दिनुपर्ने हुन्छ । जसकालागी त्यहाँको स्थानिय मुद्रा उनिहरुसँग हुँदैन र कामदारको तलब सँकलन गर्छन । कामदारकाका परिवारलाई नेपालमानै रेमिट्यान्स कम्पनीले दिने भन्दा केहि रकम बढीनै उनिहरुले दिने गरेका हुन्छन तर त्यसको तथ्याङ्क सरकार सँग हुँदैन । उता नेपाल आउनुपर्ने पैसा कमिसन बनेर अर्कै देश जान्छ अति त स्वतह रेमिट्यान्स घट्दछ ।
नेता र कर्मचारीको खल्ती भरिदै, देशको अर्थतन्त्र भँडखालो तिर
रेमिट्यान्स घट्ने अर्कोबाटो सुन आयात हो । एकातिर राजनैतिक दलका नेताको पावर तथा बिमानस्थलका कर्मचारी सँगको मिलेमतोमा किलोका किलो सुन भित्रिनु त सामान्य भैसक्यो भने अर्कोतर्फ सरकारले बैधानिकता दिएको प्रतिब्यक्ति ५० ग्राम ल्याउन पाउने ब्यबस्थाले समेत रेमिट्यान्स घटाएको छ । त्यहि ब्यबस्थालाई टेक्दै सुन ब्यापारीहरु दोहा तथा दुबईका बिमानस्थको प्रस्थानकक्षमा नेपाल फर्कन लागेका सोझ नेपाली फकाइ रहेका हुन्छन । सुन बोकि दिए बापत केहि रकम ज्याला तथा वा काठमाण्डौको होटलमा निःशुल्क बास तथा निःशुल्क ट्याक्सी समेत अफर गरिरहेका भेटिन्छन ।
सरकार र सँम्बन्धित निकाय भागबन्डा र कमाउ धन्धामै सिमित रहेर निति निर्माण तथा अनुसन्धान अनुगमनमा उदास हुँदा रेमिट्यान्स मात्रै हैन देशको अर्थतन्त्रनै भँडखालो तिर लागी सक्यो र पनि नेता र कर्मचारीको भने प्रगती भएकै छ ।