बारको प्रदर्शनमा प्रहरीको हस्तक्षेप, अध्यक्ष श्रेष्ठसहित १२ जना घाइते

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधी चाेलेन्द्र शमशेर जबरा विरूद्ध बिहीबार गरेकाे प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना कानून व्यवसायी घाइते भएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरुले सबै गेटमा गएर धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो ।

प्रधानन्यायाधीश जबराले वैकल्पिक गेटको प्रयोग गरेर सर्वोच्च छिर्न थालेछि कानून व्यवसायीहरु सबै गेटमा धर्ना दिन खोजेका थिए ।प्रहरीको घेरा तोड्न खोजेपछि कानून व्यवसायीहरुमाथि प्रहरीले बल प्रयोग गरेको जनाइएको छ ।

धकेलाधकेल हुँदा सर्वोच्च बारका सचिव ऋषिराम घिमिरे, बरिष्ठ अधिवक्ता सविता भण्डारीलगायत भुइँमा लडेका थिए । सोही क्रममा घाइते भएका नेपाल बारका कार्यसमिति सदस्य प्रकाश महर्जनलाई अस्पताल लगिएको छ ।उनीहरुमाथि प्रहरीले हातपात गरेको कानून व्यवसायीहरुको भनाइ छ ।

यस्तै एकजना डिएसपीको हातमा चोट लागेको बताइएको छ ।शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको भन्दै कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबरा र प्रहरी प्रशासनविरुद्ध नाराबाजी गरेका छन् ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले प्रहरीलाई दमन गर्न निर्देशन दिएको भन्दै कानुन व्यवसायीहरुले उनलाई माफी माग्न आग्रह गरेका छन् ।