१ लाख ५६ हजार आइएमई गरेका जिबेशले जिते १२ लाख ५२ हजार

Dipak Pudasaini Business/अर्थ ब्यापार , Latest Update , News/समाचार , Others/अन्य , प्रवास , ३ वर्ष अगाडि

काठमाण्डौ, २ मँसिर । युएईको अहालिया एक्सचेन्जबाट नेपालमा आइएमई मार्फत १ लाख ५६ हजार ५ सय ५८ रुपयाँ आइएमई माफत नेपाल पठाएका दोलखाका जिबेश दहालले लक्की ड्र मार्फत १२ लाख ५२ हजार ४ सय ६४ रुपयाँ जितेका छन ।
आईएमई ग्रुपले दशै, तिहार, छठ लगायतका चाडपर्ब लक्षीत आइएमई डबलको डबलको डबल अफर अन्तरगत दाहलले उक्त रकम जितेका हुन । काठमाण्डौमा आयोजित बिशेष कार्यक्रममा ग्रुपका अध्यक्ष चन्द्र ढकाल तथा ब्राण्ड एम्बेस्डर द्धवय दिपकराज गिरी तथा दिपा श्री निरौलाले सँयुक्त रुपमा डिजिटल प्रबिधिबाट चिठ्ठा खोल्दा दाहालको भाग्य खुलेको हो ।
यसैबिच आठौ हप्ताको भाग्यशाली बेजेता लोकमायाँ क्षेत्रीको आफन्त मुनाल क्षेत्रीलाई डबल अफर अन्तरगत ८६ हजारको चेक हस्तान्तरण गरिएको थियो । क्षेत्रीले कतारबाट ४३ हजार रुपयाँ आइएमई गरेका थिए ।


५७ दिन चलेको अफरमा हरेक हप्ताको २ जनाको दरले १६ जना,हरेक महिना २ जनाको दरले ४ जना तथा हरेक बम्पर उपहार एक जना गरि २१ जनाले अफरमा लाभ लिएको कार्यक्रम सन्चालक राजु पौडेलले जानकारी दिएका छन ।
कर्यक्रममा ग्रुपका अध्यक्ष ढकालले रेमिट्यान्सको रकम अनुत्पादक क्षेत्रमा मात्रै खर्च भएकोमा चिन्ता ब्यक्त गर्दै स साना उधोगमा भएपनि लगानी गर्न आग्रह गर्नुभयो । जुन लगानीको प्रतिफलले स्वदेश फर्केर काम नहुँदाको अबस्थमा आर्थिक सहजता ल्याउने छ ।


आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बिगत ४ महिना देखि नियमित रेमिट्यान्स घटिरहेकोमा चिन्ता ब्यक्त गर्दै सरकारले झिटीगुण्टा सँम्बन्धि नियममा कडाई गनुपर्ने तथा बैँक मार्फत रेमिटेयान्स पठाउन बिदेशमा श्रमरत नेपालीलाई सहजिकरण गर्नुपर्नेमा जोडदिनु भयो ।