वार्ताका लागि प्रधानन्यायाधीश जबराले पठाए नेपाल बारलाई पत्र

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपाल बार एसोसिएसनलाई वार्ताको आह्वान गरेका छन् ।

प्रधानन्यायाधीश जबराले नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई पत्र पठाएर वार्ताका लागि आह्वान गरेका हुन् । नेपाल बारले प्रधानन्यायाधीश जबरालाई शुक्रबारसम्म राजीनामाको अल्टिमेटम दिएकै दिन जबराले वार्ताकाे प्रस्ताव गरेका हुन् । थप आन्दोलनका कार्यक्रमबारे निर्णय गर्न बसेको बैठकमा अध्यक्ष श्रेष्ठले जबराले पत्र पठाएको जानकारी गराएका थिए ।

पत्रमा जबराले अहिलेको समस्याको निकास वार्ता र संवादबाट मात्र हुनसक्ने उल्लेख गर्दै न्यायपालिकाका सबै सुधारका लागि प्रतिबद्ध रहेको जनाउँदै बार अध्यक्षलाई पायक पर्ने समयमा संवाद गर्न आउन आग्रह गरेका छन् ।

जबरालाई विचौलिया र भ्रष्टका नाइके भनेर आरोप लगाइसकेको अवस्थामा उनीसँग वार्तामा जान नहुने बैठकमा धारणा राखेका थिए । सल्लाहकार समितिले आन्दोलनलाई अझ सशक्त बनाउन सुझाव दिएको छ ।