आचार्य बालकृष्ण ओशो तपोवनमा (फोटो फिचर पनि)

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Bank , Photo Gallery , Spiritual/अध्यात्म , Uncategorised , न्युज बैंक बिषेश , बिचार , ३ वर्ष अगाडि

काठमाडौं । नेपाल भ्रमणमा रहनु भएका आयुर्वेद शिरोमणी आचार्य बालकृष्णले ओशो तपोवनको भ्रमण गर्नुभएको छ ।
आफ्नो अत्यन्तै ब्यस्त तालिकाका बाबजुद आईतबार बिहान उहाँ नागार्जुन स्थित ओशो तपोवन पुग्नुभएको हो । तपोवनमा आचार्य बालकृष्ण लगायतको टिमलाई वोधिसत्व स्वामी आनन्द अरुणले बिषेश स्वागत गर्नु भएको थियो ।
तपोवन भित्र रहेको पुस्तकालय, ओशो समाधी, शिवपुरीबाबाको मन्दिर , मृत्युपार्क तथा कविर मन्दिरको अभिरुचीपूर्वक दर्शन गर्नु भएका आचार्यले अध्यात्मिक जागरणको लागि ओशो तपोवनले गरिरहेको कामको प्रशंसा गर्नु भएको थियो ।
आफ्ना अति हितौसी मित्र स्वामी आनन्द अरुणको आमन्त्रणलाई हार्न नसकेर ब्यस्तताका बाबजुत पनि तपोवन आएको बताउनुभएका स्वामी बालकृष्णले आफुहरु तपोवनको प्रशंसक रहेको भन्दै योग र अध्यात्मको बिषयमा पतञ्जली तथा ओशो तपोवन बिच सहकार्य गर्ने बताउनुभयो । योग र ध्यानको महत्व बिश्वले बुझ्दै गएकाले तपोवन जस्ता आध्यात्मिक गन्तब्यहरुको महत्व दिनदिनै बढिरहेको उहाँको भनाई थियो । आचार्य बालकृष्णलाई तपोवनमा स्वागत गर्न एनआरएनका दुई पूर्व अध्यक्षहरु उपेन्द्र महतो तथा भवन भट्ट पनि तपोवन पुग्नु भएको थियो ।
यसैबिच आईतबार बिहानै वोधिसत्व स्वामी आनन्द अरुणलाई फोन गर्दै स्वामी बाबा रामदेवले आफ्नो तिब्र ईच्छा हुदाहुदै पनि अति ब्यस्तताका कारण तपोवन आउन नसकेको बताउदै अध्यात्मको क्षेत्रमा ओशो तपोवनले खेलिरहेको भूमिका अत्यन्तै ठुलो रहेको भन्दै तपोवन र स्वामी आनन्द अरुणको प्रशंसा गर्नुभएको थियो ।
स्वामी रामदेव तथा आचार्य बालकृष्ण सहित पतञ्जलीको टिम केही महत्वपूर्ण कामको लागि नेपाल आएको हो । उहाँहरु आईतबारनै भारत फर्किने कार्यक्रम रहेको छ ।