काठमाडाैं । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । महाधिवेशनमा औपचारिकरुपमा नेतृत्वका लागि दाबी गर्ने रावल पहिलो नेता हुन् ।
रावलकाे अध्यक्षमा उम्मेदवारी घोषणाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ ।
रावलले आफूले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरे ।