दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट देखियो

Lok Bhatta Banner Headline with Image , Latest Update , News/समाचार , प्रवास , स्वास्थ्य , ३ वर्ष अगाडि

दक्षिण अफ्रिकामा कोरोनाभाइरसको नयाँ भेरिअन्ट तीव्र रुपमा फैलिरहेको पत्ता लागेको छ । नयाँ भेरिअन्टको पहिचान गरेका दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले यो भाइरसको उत्परिवर्तन धेरै सङ्ख्यामा भएको बताएका छन् ।

अहिले प्रयोगमा आएका कोरोनाभाइरसविरुद्धका खोपहरू ती उत्परिवर्तित भाइरसविरुद्ध प्रभावकारी नहुन सक्ने आँकलन गरिएको छ । पहिलाका उत्परिवर्तन भन्दा यो उत्परिवर्तन थप घातक हो होइन भन्नेबारे भने स्पष्ट भइसकेको छैन ।

यसैबीच, ब्रिटेनले दक्षिण अफ्रिकी छ वटा देशका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

नयाँ भेरिअन्ट देखिएको अवस्था अहिले सुरुकै चरणमा रहेको र अहिलेसम्म धेरै बिरामीहरू दक्षिण अफ्रिकाको एउटा प्रान्तमा केन्द्रित रहेको बताइएको छ ।

विश्व स्वास्थ्य संगठनका विज्ञहरू यसबारे दक्षिण अफ्रिकी अधिकारीहरूसँग छलफल गर्नका लागि शुक्रवार उनीहरूसँग भेट्दैछन् ।

अहिलेको चिन्ता भनेको सुरुमा देखिएको भाइरसविरुद्ध बनेका खोप नयाँ देखिएको भाइरसको प्रकारका लागि प्रभावकारी नहुन पनि सक्छन् ।