यही मंसिरमा सकिएको नयाँ जनगणना अनुसार अहिलेको जनसङ्ख्या तीन करोड नपुग्न सक्ने देखिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले बताएका छन् ।
दुई करोड ९० लाखदेखि तीन करोडको बीचमा जनसङ्ख्या हुने अनुमान रहेको निर्देशक लामिछानेले बताएका छन् ।
सङ्कलन गरिएका घर तथा घरपरिवार सूचीकरण फारमका आधारमा त्यस्तो अनुमान गरिएको निर्देशक लामिछानेले बताए ।
उनका अनुसार यसअघि २०६८ सालमा गरिएको जनगणनाको तथ्याङ्कमा टेकेर १० वर्षमा अर्थात् २०७८ सालसम्ममा नेपालको जनसङ्ख्या तीन करोड पुग्ने अनुमान गरिएको थियो ।
राष्ट्रिय जनगणना २०७८ को पूरै नतिजा आउन एक वर्ष लाग्ने विभागले जनाएको छ ।
जनगणनाको प्रारम्भिक नतिजा चाहिँ फागुनसम्ममा हामी सार्वजनिक गर्ने निर्देशक लामिछानेको भनाइरहेको छ ।
प्रजनन दरमा कमी आउनु अनुमान भन्दा जनसङ्ख्या कम देखिनुको मुख्य कारकका रूपमा देखिएको विभागका अधिकारीहरूले बताएका छन् ।
प्रजनन दर, आन्तरिक बसाइँसराइ दर घटेको र प्रजनन दर, औसत आयु लगायतका सूचकमा सुधार भएपछि अहिलेको जनसङ्ख्या तीन करोड पुग्दैन कि भन्ने अनुमान गरिएको े विभागका अधिकारीहरूको भनाइ रहेको छ । कार्तिक २५ गतेबाट आरम्भ भएको राष्ट्रिय जनगणना मंसिर ९ गते सकिएको थियो ।

