भगवान शिवको आँसुबाट रुद्राक्षको उत्पत्ति भएको भनिन्छ । धारण गर्नेहरूमाथि शिवको विशेष कृपा हुन्छ । तर यसलाई लगाउनका लागि केही नियम बनाइएको छ, जसलाई सधैं पालना गर्नुपर्छ । रुद्राक्षलाई सधैं रातो वा पहेंलो धागोमा धारण गर्नुपर्छ । यसलाई कालो धागोले कहिल्यै लगाउनु हुँदैन ।
रुद्राक्ष शिवसँग सम्बन्धित छ, त्यसैले यसलाई छुँदा सरसफाइमा पूर्ण ध्यान दिनुपर्छ । यसलाई सधैं नुहाएपछि मात्र लगाउनु पर्छ । यसका साथै रुद्राक्ष धारण गर्दा मनमा ओम नमः शिवाय मन्त्रको जप गर्नु पर्छ ।

अरूले लगाएको रुद्राक्ष कहिल्यै लगाउनु हुदैन र आफ्नो रुद्राक्ष अरूलाई लगाउन पनि दिनु हुदैन । यो माला बनाउँदा, यसमा कम्तीमा २७ मोती हुनुपर्छ ।
धागो बाहेक रुद्राक्षलाई चाँदी वा सुनमा जडाएर पनि लगाउन सकिन्छ । तर माला बनाउँदा बिजोर संख्यामा रुद्राक्षको उपस्थिति हुनुपर्छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

