चितवन । एमालेको १० औं महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओली चाहेका व्यक्तिहरू मात्र केन्द्रीय कमिटीमा आएका छन् ।
दसौं महाधिवेशनबाट ओलीका काम र क्रियाकलापको आलोचना गर्नेहरू कमिटीबाट बाहिरिएका छन् । फरक मतको नेतृत्व गर्नेहरू बाहिरिएसँगै ओलीप्रति बफादारहरू रहेको केन्द्रीय कमिटी र पदाधिकारी रहेको नेतृत्व चयन भएको छ ।
उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी हुँदा उपाध्यक्षमा घनश्याम भूसाल भने पराजित भएका छन् । उनी पनि सर्वसम्मत उम्मेदवार छनोटको विपक्षमा उभिएर महाधिवेशनलाई निर्वाचन तर्फ डोरयाउने मध्येका एक हुन् । उनलाई पार्टीभित्र ओलीका कटर आलोचक मानिन्छन् ।
यस्तै, उपाध्यक्षमा सुरेन्द्र पाण्डेले ,सुवास नेम्वाङले, विष्णु पौडेलले , युवराज ज्ञवालीले र रामबहादुर थापा विजयी भएका छन् । ६ उपाध्यक्षमा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो ।