सर्वोच्चमा पहिलोपटक गोलाप्रथाद्वारा पेशी तोक्न सुरू,नेपाल बारको आन्दोलन कामयै

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडौं । सर्वोच्च अदालतको इतिहासमा पहिलोपटक गोलाप्रथाद्वारा पेशी तोक्न सुरु गरिएको छ।११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।

सर्वोच्च अदालतको संशोधित नियमावलीले व्यवस्था गरेअनुसार बुधबार पहिलो पटक गोला तानेर इजलास गठन गरिएको हो ।

गोला प्रणाली लागु भए पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको छ ।

बारले जबराको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने बताउदै आएको छ । प्रधानन्यायाधीश जबरा भने कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका छन् ।