चिसो मौसमामा मानिस प्रशस्त मात्रामा पानी पिउन कन्जुस्याइँ गर्छन । यसले पाचन लगाएत अन्य समस्या पनि निम्त्याउन सक्छ तसर्थ प्रशस्त पानी पिउनाले तपाईलाई दिनभर शरिमा पानीको कमि रहदैन र पेट पनि स्वस्थ रहन्छ । शरीरले प्रणालीबाट फोहोर हटाउन पानी प्रयोग गर्दछ । कब्जियतबाट बच्न शरीरलाई हाइड्रेटेड राख्न आवश्यक छ । चिसो पानीको सट्टा मनतातो पानी पिउनु स्वास्थ्यको लागि बढी लाभदायी छ ।
पाचन प्रणालीलाई स्वस्थ राख्न खानपानमा स्वस्थकर खानेकुरा समावेश गर्नुपर्छ । खानामा चिज, जैतुनको तेल, अण्डा, नट, एभोकाडो र फ्याटी माछा आदि समावेश गर्न सकिन्छ । ओमेगा–३ फ्याटी एसिडले सूजन कम गर्न मद्दत गर्छ । तपाईले आफ्नो आहारमा सामन, टुना, चिया सीड, फ्ल्याक्स सीड र कद्दूको बीउ समावेश गर्न सक्नुहुन्छ ।
आफ्नो खाना बिस्तारै खानुपर्छ र यसलाई राम्ररी चपाउनुपर्छ । यसले पाचन प्रणालीलाई थप प्रशोधनका लागि पोषक तत्वहरू टुक्र्याउन मद्दत गर्दछ ।
अर्को महत्वपुर्ण कुरा नियमित रूपमा व्यायामले शरीरलाई फिट रहन र तनावसँग सामना गर्न मद्दत गर्दछ । जसले पाचनमा नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले दैनिक व्यायाम गर्नु राम्रो । बिहान वा बेलुका लामो पैदल यात्रा गर्न पनि सकिन्छ । यी उपायहरु मात्रै अपनाए पनि पाचन प्रणाली राम्रो हुनुका साथै पाचन सम्बिन्धी समस्या भएमा छुट्कारा पाउन सकिन्छ ।