हिन्दू क्यालेन्डर अनुसार यसमहिनालाई अग्रायण मास वा अघान मास पनि भनिन्छ । जसरी साउन महिना भगवान शिवको लागि समर्पित छ, कार्तिक महिना भगवान विष्णुको लागि समर्पित छ, त्यसैगरी मंसिर महिनालाई श्रीकृष्णको भक्तिको लागि उत्तम मानिन्छ । गीतामा श्रीकृष्णले आफूलाई मंसिर महिनाको रूपमा वर्णन गर्नुभएको छ ।
यसबाहेक मंसिर महिनामा दुईवटा प्रमुख विवाह पनि भएका छन्, एउटा शिव विवाह र अर्को श्रीराम विवाह । पहिलेका समयमा वर्षको सुरुवात यसै महिनाबाट हुने जनविश्वास पनि छ । समग्रमा, मंसिर महिना धेरै फलदायी छ । यस महिनामा केहि विशेष काम गर्नाले भगवान श्रीकृष्णको आशीर्वाद प्राप्त हुन्छ र जीवनका सबै दुःखको अन्त्य हुन्छ भन्ने विश्वास रहँदै आएको छ ।
यो महिना भगवान श्रीकृष्ण अति प्रिय महिना हो । स्कन्द पुराणको वैष्णवखण्ड अनुसार भगवान श्रीकृष्णले यो महिनालाई आफ्नो प्रिय महिनाको रुपमा वर्णन गर्नुभएको छ । यससँगै बिहान सबेरै उठेर नुहाएर पूजा गर्ने उल्लेख गरिएको छ । यस महिनामा नदीमा नुहाउने महत्व पनि बताइन्छ । यदि दैनिक आफू नुहाउने पानीमा गंगाको पानीको केही थोपा मिसाएर नुहाएमा यसबाट भगवान श्रीकृष्ण निकै प्रसन्न हुने जनविश्वास छ । यस महिनाको सप्तमी र अष्टमी तिथीमा शुभ कार्य गर्न निषेध गरिएको छ । यी शून्य मितिहरू मानिन्छन् ।
यस महिनाको लाभ महाभारतमा उल्लेख गरिएको छ । महाभारतको एक अध्यायमा मंसिर महिनामा व्यक्तिले एक पटक भोजन गर्ने र ब्राह्मणलाई क्षमता अनुसार भोजन दिनुपर्ने उल्लेख छ । यसो गर्ने व्यक्ति सबै रोग र पापबाट मुक्त हुन्छ । यो महिनामा व्रत राख्ने व्यक्ति स्वस्थ र बलियो हुन्छ । यस्तो व्यक्तिको अर्को जन्म पनि सुखद हुन्छ । उसको जीवन धन र अन्नले भरिएको हुन्छ ।
हिन्दुमान्यता अनुसार यस महिनामा चाँदीको दान पनि उत्तम मानिन्छ । यसो गर्नाले यौन समस्या हट्ने विश्वास गरिन्छ । वीर्य बढ्छ र व्यक्ति बलियो हुन्छ । अर्कोतर्फ भोजन दान गर्नाले सबै मनोकामना पूरा हुन्छ र धेरै दुःख नष्ट हुन्छ हुन्छ भन्ने विश्वास रहँदै आएको छ ।