दिल्लीको प्रदूषणको स्थितिमा कुनै सुधार आएको छैन । आज पनि दिल्लीको वायुको गुणस्तर एकदमै खराब श्रेणीमा रहेको छ । केन्द्र सरकारको एजेन्सी सफारका अनुसार लोधी रोडमा हावाको गुणस्तर सूचकांक ३३९ रेकर्ड गरिएको छ ।
अर्कोतर्फ, पश्चिमी वायुका कारण आज दिल्लीमा आंशिक बदली रहने र चट्याङसहित पानी पर्ने सम्भावना छ । दिल्लीमा अधिकतम तापक्रम २५ डिग्री सेल्सियस छ । वेस्टर्न डिस्टर्बन्सका कारण हावाको गति सुस्त हुँदा प्रदूषणका तत्वहरू जम्मा हुने भएकाले वायु प्रदूषणको स्तर बढ्न सक्छ ।
पृथ्वी विज्ञान मन्त्रालयको हावा गुणस्तर अनुगमन गर्ने सफारका अनुसार डिसेम्बर ३ बाट पुनः अनुकूल हावाको सम्भावना रहेको छ । दिल्ली सरकारले मंगलबार डिसेम्बर ७ सम्म सहरमा अत्यावश्यक सेवाहरूमा संलग्न बाहेक सबै ट्रकहरूलाई प्रवेशमा रोक लगाउने आदेश जारी गरेको छ । सीएनजी र इलेक्ट्रिक ट्रकहरू दिल्ली प्रवेश गर्न अनुमति दिइनेछ ।
वायु प्रदूषणको उच्च स्तरलाई ध्यानमा राख्दै राजधानीमा निर्माण कार्यमा लगाइएको प्रतिबन्ध अर्को आदेश नभएसम्म जारी रहनेछ । विद्यालय, कलेज तथा अन्य शैक्षिक संस्था र सरकारी कार्यालयमा सोमबारदेखि पुनः भौतिक कक्षा सञ्चालन हुने भएको छ ।