प्रधानन्यायाधीशलाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको सुझाव

Lok Bhatta Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , Uncategorised , ३ वर्ष अगाडि

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई विदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान बसेको गठबन्धनको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश विरामी परेकाले तत्काल कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको हो ।

कोरोना संक्रमित भएपछि प्रधानन्यायाधीश जबरा अस्पतालमा भर्ना भएका छन् । कानून व्यवसायीहरुले आन्दोलन गर्दै उनको राजीनामा माग्दै आएका छन् । आन्दोलनरत पक्षको मागअनुसार सर्वोच्च अदालतमा पहिलोपटक गोला प्रक्रियाबाट न्यायाधीशहरुको मुद्दा र इजलास तोक्ने निर्णय गरिएको छ ।