हिन्दू धर्ममा गंगा स्नानको ठूलो महत्व छ । गंगा नदीको किनारमा धेरै शुभ कार्य र अनुष्ठानहरू पनि हुन्छन् । मुण्डन संस्कारदेखि दाहसंस्कारसम्म गंगाको किनारमा गर्नुको बेग्लै महत्व छ । दाहसंस्कारपछि खरानी अर्थात अस्थि लाई गंगामा विसर्जन गर्ने चलन छ । जहाँ नजिकै गंगा नदी छैन, त्यहाँका मानिसले परिवारका सदस्यको दाहसंस्कार गरेपछि खरानी वा अस्थिलाइ कलशमा राखेर गंगामा बगाइन्छ ।
सनातन परम्परामा शताब्दीयौंदेखि मानिसहरूले आफ्नो परिवारको अन्तिम संस्कारपछि खरानी वा अस्थि गंगामा हाल्दै आएका छन् । तर यी हड्डीहरू कहाँ जान्छ ? यति मात्रामा खरानी विसर्जन गर्दा पनि गंगाको जल शुद्ध र पवित्र रहन्छ । यो पनि प्रश्न छ कि खरानीलाई गंगामा किन विसर्जन गरिन्छ ?
सनातन धर्मको मान्यता अनुसार आफन्तको मृत्युपछि उनीहरुको आत्माको शान्तिका लागि गंगामा खरानी विसर्जन गर्ने गरिन्छ । अस्थि गंगामा बगाएर सिधै बैकुण्ठ धाम श्रीहरिको चरणमा जाने जनविश्वास छ । गंगाको छेउमा मर्ने व्यक्तिले मोक्ष प्राप्त गर्ने जनविश्वास पनि छ ।
विज्ञानको कुरा गरौं । अस्थिहरु गंगाको पानीमा घुल्ने गर्छन जसका कारण हड्डीमा रहेको क्याल्सियम र फस्फोरस पानीमा घुलनशील हुन्छ, जुन जलीय जीवहरूको लागि पौष्टिक खाना हो ।
हड्डीमा रहेको सल्फर गंगाको पानीमा रहेको पारासँग मिसाएर पारा बन्ने गरेको विज्ञहरुले बताएका छन्् । यससँगै यी दुवै मिलेर मर्करी सल्फाइड नुन बनाउँछ । हड्डीमा रहेको क्याल्सियमले पानीलाई सफा राख्ने काम गर्छ । धार्मिक दृष्टिकोणले पनि पारद शिवको प्रतीक हो भने गन्धक शक्तिको प्रतीक हो । यस्तो अवस्थामा सबैजना अन्ततः शिव–शक्तिमा विलीन हुन्छन् ।

