काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पदाधिकारीमै युवा नेताहरूको जर्बजस्त प्रवेश हुने स्थिति देखिएको छ । हाल कांग्रेस केन्द्रीय सदस्य रहेका प्रदीप पौडेल एक त्यस्तै पात्र हुन् । पौडेलले महामन्त्रीमा उम्मेदावरी दिने घोषणा गरिसकेका छन् । पौडेले राजनीतिक पृष्ठभूमि र उनका कायैशैलीलाई सुक्ष्म विश्लेषण गर्ने हो भने महामन्त्रीमा उनको दाबेदारी अत्यन्त स्वभाविक देखिन्छ ।
पौडेल विद्यालय जीवनमै सिद्धार्थ वनस्थलीमा नेविसंघ इकाइ अध्यक्षको भूमिकामा रहेर २०५३ सालमा अखिलको गढ मानिने अमृत साइन्स क्याम्पसको स्ववियू सभापति बन्न सफल भए । पौडेल नेविसंघको केन्द्रीय सदस्य, तीन कार्यकाल उपाध्यक्ष हुँदै २०६४ मा केन्द्रीय अध्यक्ष बन्न सफल भए । नेविसंघको इतिहासमा सबैभन्दा बढी मतान्तरले विजयी हुने कीर्तिमान पौडेलकै नाममा छ ।
काे हुन् पाैडेल?
नेविसंघको केन्द्रीय अध्यक्ष रहँदा पौडेलले गणतन्त्रको बिजारोपणका लागि जनमत सङ्ग्रहदेखि देशव्यापी रुपमा राजतन्त्रको सान्र्दभिकता विषयमा बहस चलाए । पार्टीको पहिलो भातृ संस्थाको रुपमा गणतन्त्रको प्रस्ताव पास गरी पार्टी नेतृत्य समक्ष नैतिक दबाब सिर्जना गरिदिए ।
शैक्षिक सुधारका सवालमा सार्वजनिक विद्यालय सुधार अभियान, विश्वविद्यालय सुधार अभियान, एक विद्यालय एक पुस्तकालय, ग्रेडिङ प्रणाली जस्ता पौडेलले चलाएका अभियान अत्यन्त लोकप्रिय भए । फलस्वरुप २०६५ सालमा माओवादीको नेतृत्वको सरकारी रही उसका भातृ संस्थाहरूको धङधङी हुँदा समेत नेविसंघले देशभरी सबैभन्दा बढी क्याम्पसमा जीत हासिल ग¥यो ।
विद्यार्थी आन्दोलनका क्रममा सबैभन्दा बढी जेलजीवन बिताउने र यातना पाउने मध्ये पौडेल प्रमुख पात्र हुन् । राजतन्त्रको समुल अन्त्य गर्ने क्रममा गरिएका क्रान्तिकारी गतिविधिमा संलग्न रहेको अभियोगमा पौडेलमाथि राजद«ोहको मुद्दा पनि लाग्यो ।
२०५९ असोज १८ को प्रतिगामी शाही घोषणाको विरोधमा उत्रनासाथ यिनी राज्यसंयन्त्रको तारो भएका थिए । त्यतिबेला करीब एक महिना पौडेललाई जेल हालियो । २०६१ माघ १९ को कदमपछि त पौडेल विरुद्ध प्रशासन अझ क्रुर भएर प्रस्तुत भयो । निर्मम यातना सहित पटक पटक गरेर एघार महिनासम्म पौडेललाई थुनियो । राजधानीका सबै थुनुवा केन्द्रमा यिनलाई यातना दिएर राखियो ।
अन्ततः राजद्रोहको मुद्दामा पौडेललाई भद«गोल जेलमा हालियो । भद«गोल जेलमा १७ दिन बिताएका पौडेल समग्रमा सबैभन्दा बढी जेल पर्ने नेताहरू मध्ये एक हुन् । धरौटी तिरेर रिहा नहुने चट्टाली अडान लिएका पौडेललाई सर्वोच्चको आदेशपछि रिहा गरिएको थियो । त्यसताका पौडेललाई मात्र नभएर पौडेल परिवारलाई समेत प्रशासनले मानसिक दबाब दिएको थियो ।
पौडेलको निवासमा छापी मारी राहदानी लगायतका महत्वपूर्ण दस्तावेजहरू जफत गरिएको थियो ।
१२ औं महाधिवेशनमा झिनो मतान्तरले पराजित पौडेललाई कार्यकालको अन्तिमतिर तत्कालीन पार्टी सभापति सुशील कोइरालाले केन्द्रीय सदस्यमा मनोनयन गरे ।
पौडेलको लोकप्रियता, सङ्गठनमा पकड तथा समन्वयकारी भूमिका देखेर सभापति कोइराला पराजित पौडेललाई केन्द्रीय समितिमा ल्याएका थिए । छोटो अविधमा उनले कार्य समितिमा आफ्नो सार्थक उपस्थिति प्रमाणित गरेपछि १३ औं महाधिवेशनमा लोकप्रिय मत सहित छैटौं नम्बरमा केन्द्रीय सदस्यमा विजयी भए ।
विगतमा कुनै पनि लाभको पदमा नबसी अत्यधिक मत ल्याउने पात्र पौडेल नै भए । निर्वाचित केन्द्रीय सदस्यको हैसियतमा पार्टीले दिएका सबै खाले जिम्मेवारीलाई पौडेलले उत्ृकष्ट ढङ्गले पूरा गरेका छन् । २०७४ सालमा भएको प्रदेश निर्वाचनमा तनहुँ दुईमा ५ भोटले पराजित भए । देशभरको चुनावी नतिजामध्ये सबैभन्दा कम अन्तरमा हार्नेमा पौडेल रहे ।
पछिल्लो पटक क्रियाशील सदस्य विवाद समाधान गर्ने क्रममा पौडेल लगायतको टोलीले गरेको काम प्रशंसनीय मात्र भएन, त्यसले १४ औं महाधिवेशन सुनिश्चित हुने अवस्था सिर्जना ग¥यो । यसबाहेक विधान मस्यौदा समितिमा पनि पौडेलको काम तारिफयोग्य रह्यो । विभिन्न जिल्ला तथा जनसम्पर्क समितिमा देखिएका विवाद समाधान गर्ने जिम्मेवारी पनि यिनकै काँधमा आयो, जसलाई उनले कुशल ढङ्गले पूरा गरे । राष्ट्रिय मुद्दालाई केन्द्रीय समितिमा जोडदार तवरमा प्रस्तुत गरी नेतृत्वलाई खबरदारी गर्न लागिरहे ।
राजनीतिलाई समाजसेवाकै अङ्ग ठानेर महाभूकम्पको मारपछि गोरखा, सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लामा पौडेलको नेतृत्वमा भएका पुर्ननिर्माणका कामहरूबाट हजारौं युवा आर्कषित भए । बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिका कारण कोही पुग्न नसकेको विकट पहाडी जिल्ला र तराइका टापुहरूमा लाखौं मुल्य बराबरको राहत सामाग्री सहित पुगे ।
कोभिड कहरको समयमा आइसोलेशन केन्द्र स्थापना गर्ने होस् वा टोल टोलमा गई जनचेतना जगाउने काम, सबैमा यिनी अग्रिम मोर्चामा रहे । देशभर गुमनाम रहेका प्रजातन्त्र सेनानीहरूको सम्मान, पर्यावरण संरक्षण लगायतका काम पनि पौडेलकै नेतृत्वमा भए । देशभर नेविसंघ, तरुण दल, महिला संघ सहित शुभेच्छुक संघ संस्थाहरूमा दबदबा कायम गरेका पौडेल बौद्धिक तथा तर्कशील छन् । त्यसैले ‘समुन्नत देश र सबल कांग्रेस’ का लागि महामन्त्रीमा पौडेलको उम्मेदवारी अत्यन्त जायज देखिन्छ ।

