भारतीय पूर्वसेना प्रमुख विपिन रावतकाे हेलिकप्टर दुर्घटनामा निधन

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि


नयाँ दिल्ली । भारतका पूर्व सैनिक प्रमुख विपिन रावतसँगै उनकी पत्नीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।

रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा बुधबार दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

रावत कुनुरबाट वालिङ्टन जाँदै गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।उक्त हेलिकप्टरमा कुल १४ जना यात्रारत थिए।त्यसमध्ये १३ जनाको निधन भएको हो।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जेनरल रावतको निधनमा दु:ख व्यक्त गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्, “तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनालाई लिएर मलाई निकै दु:ख लागेको छ। त्यसमा हामीले जेनरल विपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानहरूलाई गुमायौँ। उनीहरूले पूर्ण मेहनतका साथ भारतको सेवा गरेका थिए। दिवङ्गत भएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्छु।”

भारतीय वायु सेनाको एमआई-१७भी५ हेलिकप्टरको दुर्घटनाको कारण पत्ता लगाउन जाँचबुझ आदेश दिइएको सेनाले बताएको छ।

जेनरल रावत भारतीय सेनाका पूर्वप्रमुख हुनुका साथै सन् २०२० को ज्यानुअरीयता भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ रहेका थिए।

ख विपिन रावत चढेको हेलिकप्टर अाज दुर्घटना भएको छ ।

रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा बुधबार दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।

रावत कुनुरबाट वालिङ्टन जाँदै गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको बताइएको छ ।

हेलिकप्टरमा सेनाका केही उच्च अधिकारीसहित १४ जना सवार रहेकाे जनाएकाे छ । हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए ।