काठमाडौ, २३ मंसिर । २५ बिधामाअवार्ड प्रदान गरिने ‘नेपाल मिडिया अवार्ड २०७८’ पौष २४ गते हुने भएको छ । विभिन्न विधामा योगदान दिएका संचारकर्मीलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले बितरण गर्न लागिएको उक्त अवार्डलाई यसबर्ष एल.आई.सि.नेपाल (लाइफ इन्स्योरेन्स करर्पोरेसन लि.) ले मुख्य प्रायोजन गरेको छ भने अन्तर्राष्ट्रिय कम्पनी “ब्लुचिप” गु्रफ अफ कम्पनीले सह–प्रायोजन गरेको छ ।
गत वर्ष ड्रिम हाई नेपाल प्रा.लि.को आयोजनामा गरिएको १० औं नेफ्टा फिल्म अवार्डलाई पनि मुख्य प्रायोजन गरेको एलआईसि नेपाल उक्त कार्यक्रमको प्रसंशा गर्दै मिडिया अवार्डमा सहकार्य गर्न पाउँदा आफु खुशी भएको एलआईसी. नेपालका प्रमुख लक्ष्मी प्रसाद दासले बताएका छन ।
नेपाल पत्रकार महासंघको सहकार्यमा हुने अवार्डमा सातैवटा प्रदेशबाट समेटिने गरी मिडिया अवार्ड हुन लागेको कुरा जानकारी आएको छ । हालसम्म १० वटा भन्दा बढी कर्पोरेट कम्पनीहरुले प्रायोजन गरेको यो अवार्डमा व्यापक प्रसार–प्रचार अवार्ड कार्यक्रमलाई निष्पक्ष बनाउन आफु लागि परेको कार्यक्रम निर्देशक कमल जि.सि.ले बताएका छन ।

