काठमाडाैं ।आगामी पुस ४ गतेदेखि बालबालिकाले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।
१२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
यसअघि काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, गोरखा, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा दीर्घ रोगीलाई लगाएर बाँकी रहेको खोप दिइएको थियो । तर त्यो खोप १२ देखि १७ वर्ष उमेरका सबै बालबालिकाले पाएका छैनन् ।
पहिले ५७ जिल्लामा लगाएपछि २० जिल्लाका बाँकी बालबालिकालाई खोप लगाउने सरकारको तयारी छ ।