काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेतृत्व चयनकाे मतदानमा भाग नलिने भएका छन् ।
काठमाडौंमा जारी १४औं महाधिवेशनमा सभापतिको प्रतिस्पर्धाबाट अलग भएका पौडेलले मतदानमा पनि भाग नलिने उनका स्वकीय सचिव चिरञ्जिवी अधिकारीले जानकारी दिए । सभापति पदमा प्रतिस्पर्धा नगरेका बरिष्ठ नेता पौडेलले केन्द्रीय सदस्यमा पनि उम्मेदवारी दिएका छैनन् ।
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न अहिले मतदान भइरहेकाे छ । मतपत्रकाे प्रयाेग गरिएकाे हुँदा मतदान गर्न बढी समय लाग्ने देखिएकाे छ सभापति पदमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङको उम्मेदवारी कायम छ ।

