पहिलो चरणमै आफूले जित्ने कांग्रेसका उम्मेदवारकाे दाबी

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदरवारहरुले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले जित्ने दाबी गरेका छन् ।

आज मतदानपछि पत्रकारसँग कुरा गर्दै सभापतिका उम्मेदवार  बिमलेन्द्र निधिले आफूले जित्ने प्रवल सम्भावना रहेको दाबी गर्दै १३औँ महाधिवेशनमा सभापतिको लागि अरुलाई मतदान गरेपनि यस पटक सभापतिमा आफैले आफूलाई मतदान गर्न पाएकोमा उत्साह व्यक्त गरे । उनले भने, “१३औँ महाधिवेशनमा अरुलाई नै मतदान गरेर छानेको थिए, यस पटक आफैलाई छानेको छु, त्यसैले उत्साही छु ।” 

सभापतिका उम्मेदवार निधिले आफूले पार्टी सभापतिमा जितेको खण्डमा देश र जनताको अधिकार, लोकतन्त्र र आर्थिक सम्वृद्धिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले मतदान प्रक्रियामा क्लस्टर अनुसार मतपत्र भएकोले मतदान गर्न सजिलो भएको प्रतिक्रियासमेत दिए ।सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गर्दै यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने बताए । 

राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण ढिला सुुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ ।

कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फूलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।अहिले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि भृकृटीमण्डमा मतदान जारी छ । 

सभापतिका उम्मेदवार निधिले आफूले पार्टी सभापतिमा जितेको खण्डमा देश र जनताको अधिकार, लोकतन्त्र र आर्थिक सम्वृद्धिका लागि अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले मतदान प्रक्रियामा क्लस्टर अनुसार मतपत्र भएकोले मतदान गर्न सजिलो भएको प्रतिक्रियासमेत दिए ।सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंहले निर्वाचनको पहिलो चरणमै आफूले जित्ने दाबी गर्दै यदि दोस्रो चरणमा जानुपर्ने अवस्था भए नेतृत्व परिवर्तन हुने बताए । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान सुरु भएको हो । आज बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण ढिला सुुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनित हुने व्यवस्था छ । कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फूलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।अहिले केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि भृकृटीमण्डमा मतदान जारी छ ।