काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले निर्मल निवासले देशमा अस्थिरता सिर्जना गर्न राप्रपा कब्जा गर्न खोजेको आरोप लगाएका छन् । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई सोमबार पत्र पठाउँदै थापाले निर्मल निवासले राजसंस्था पुन:स्थापनाका लागि विदेशी शक्तिको मुख ताक्ने र राजनीतिक अस्थिरता कायम गर्नेमा मात्रै ध्यान केन्द्रीत गरेको आरोप लगाएका हुन् ।
थापाले राजनीतिक अस्थिरता सिर्जना गर्ने निर्मल निवासको चाहाना आफूबाट पूरा नहुने देखेपछि आफ्नो पूर्व सहकर्मी(लिङ्देन)लाई प्रयोग गरिएको बताएका छन् ।
‘म बाट सहयोग नहुने देखिएपछि लामो समयसम्म मेरो अभिन्न सहकर्मी रहनु भएका तपाईंलाई हतियारका रूपमा प्रयोग गर्न खोजिएको छ,थापाले भनेका छन् । उनले निर्मल निवासले रिमोट कन्ट्रोलबाट राप्रपालाई चलाउने खोजेको आरोप पनि लगाएका छन् ।