जम्मू-कश्मीरमा सुरक्षा बल र आतंककारीहरू बीच मुठभेड, एक आतंकवादी मारिए

Lok Bhatta Banner Headline with Image , News/समाचार , Politics/राजनीति , प्रवास , ३ वर्ष अगाडि

जम्मू कश्मीरको पुन्चको सुरनकोट सेक्टरमा सुरक्षा बल र आतंककारीबीच भिडन्त भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार सेना, सीआरपीएफ र पुलिसको संयुक्त टोलीले घेराबन्दी र खोजी अभियान सुरु गरेको थियो। यस क्षेत्रमा केही संदिग्ध व्यक्ति लुकेको सूचना सुरक्षा बललाई प्राप्त भएको थियो। जब टोली संदिग्ध स्थान नजिक पुग्यो, लुकेका आतंककारीहरूले गोली चलाउन थाले पछि सुरक्षा बलहरूले पनि जवाफी कारबाही गरे ।

प्रहरीबाट प्राप्त जानकारीका अनुसार स्थानीयवासीले शङ्कास्पद बन्दुकधारीलाई सुरनकोट सेक्टरमा देखेपछि सेनाले खोजी अभियान सुरु गरेको थियो ।

जङ्गलमा रुखको दौडमा लुकेर बसेका आतङ्कीहरूले सिपाहीहरूलाई आफ्नो नजिक आउँदै गरेको देखेपछि गोली चलाउन थाले। जवाफी फायरिङमा एक आतंककारी मारिए जसको फलस्वरूप १ एके ४७ र ४ म्यागजिन बरामद भएको छ । यी आतङ्ककारीहरू कुनै संगठनसँग सम्बन्धित छन् वा छैनन् भन्ने जानकारी प्राप्त भएको छैन। तर स्थानीयका अनुसार उनीहरुको संख्या दुईदेखि तीन हुन सक्छ । अहिले पनि सेनाको कारबाही जारी छ ।