काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको पुनः मतदान हुदैँछ । अपराह्न साढे ३ बजेदेखि फेरि राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान हुने छ ।
सभापति पदको मतगणना आज विहान सम्पन्न भएको थियो । कसैले पनि कुल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आजै अपराह्न ३:३० देखि साँझ ७:३० बजेसम्म पुनः मतदान गर्ने तयारी गरेको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५० र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।