काठमाडाैं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा मतदान हुने भएपछि सभापतिका प्रतिस्पर्धी प्रकाशमान सिंहले शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।
पहिलो चरणको चुनावमा तेस्रो स्थानमा रहेका सिंहले आफूलाइ भेट्न आएका वर्तमान सभापति देउवालाई समर्थन गर्ने निर्णय गरेका हुन् ।
‘नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर आफू प्रतिस्पर्धामा उत्रेकाे भए पनि देशभरीका बहुमत महाधिवेशन प्रतिनिधिले देउवाजीको पक्षमा मत जाहेर गरेकाे हुँदा उहाँलाइ समर्थन गर्ने निर्णयमा पुगेकाे सिंहले बताए। देउवाले विधान संशोधन र पार्टीमा भइरहेका कमिकमजोरी सच्याउने प्रतिवद्धता जाहेर गरेका छन् ।पहिलो चरणको मतपरिणाम आएलगत्तै देउवा सिहंलाइ मनाउन चाक्सीबारी पुगेका थिए।
यस्तै डा शेखर कोइरालाले पनि प्रकाशमानलाई भेटेका थिए। त्यतिबेला उनले साथीहरूसँग सल्लाह गरेर निर्णय दिने बताएका थिए । संस्थापन इतरबाट एउटै उम्मेदवार बनाउने प्रयत्न भए पनि नेता सिंह र काेइराबीचकाे अडानले दुबै जना निर्वाचनमा हाेमिन पुगेका हुन् । उनीहरूबीचकाे त्याे खालकाे असमझदारी गर्दा पनि सिंहले काेइरालालाइ समर्थन गर्ने अवस्था देखिदैन थियाे ।
निधि भने प्रष्ट खुलेका छैनन् ।यद्पी उनकाे मत काेइराला पक्षमा जाने देखिन्छ ।दोस्रो चरणमा शेखर कोइराला र देउवाबीच प्रतिस्पर्धा हुनेछ ।