पुर्वको बिभिन्न शहरमा ‘थेत्लङ’ प्रदर्शन हुँदै

Dipak Pudasaini Entertainment/मनोरञ्जन , News/समाचार , Others/अन्य , प्रदेश , ३ वर्ष अगाडि

काठमाडौं १ पुस । अमेरिका, दुबाई लगायत बिभिन्न देशमा सफलता पुर्वक प्रदर्शन भैसकेको लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ यस वर्षको चासोक तङ्नामको शुभअवसर पारेर पुर्वाञ्चलको बिभिन्न स्थानमा प्रदर्शन हुने भएको छ । निर्देशक किशोर सुब्बाले दिनु भएको जानकारी अनुसार यहि पौष ३ गते फिदिममा, पौष ४ गते वेलबारीमा र पौष १८ गते धनकुटामा विशेष प्रदर्शन हुने छ । ओपेरा डिजिटल प्रालिको व्यानरमा निर्मित ‘थेत्लङ’का निर्माता मनि ताम्लिङ र विराज लिम्बु हुन् । चलचित्रमा बिशाल सेनेहाङ, दिव्या लिम्बु, संगीता सम्बाहाम्फे, सोनु ताम्लिङ, शान्ति लिम्बु, शर्मिला यक्सो, हस्त लिबाङ, सागर केरुङ, सुखविर लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ ।